२४ घण्टामा २४८८ जनाको पिसिआरबाट कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

२४ घण्टामा २४८८ जनाको पिसिआरबाट कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

७ जेठ, काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८८ जनाको पिसिआरबाट परीक्षण भएको छ ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा १ लाख १० हजार ५ सय ६६ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३५ हजार ४ सय ९४ जनाको पिसिआर र ७५ हजार ७२ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।

बुधबार २५ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ सय २७ पुगेको छ । जसमध्ये ३ सय ५८ जना पुरुष र ६९ जना महिला छन् । बुधबार नै कोशी अस्पतालमा उपचारपछि ८ जना डिस्जार्च भएका छन् । यो सँगै डिस्जार्च हुनेको संख्या ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

मुलुकभर अहिले २३ हजार २ सय २ जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

Loading
TOP