भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा

भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा

८ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ५ हजार ६०९ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म एक लाख १२ हजार ३५९ कुल संक्रमित पुगेका छन् ।

त्यस्तै २४ घण्टामा भारतमा १३२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ३ हजार ४३५ पुगेको छ ।

भारतमा अहिलेसम्म ४५ हजार २९९ जना ठिक भएका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ८७ हजार ८५९ पुगेको छ भने मृतकको संख्या ३ लाख २९ हजार ७६८ पुगेको छ ।

त्यस्तै विश्वभर २० लाख २२ हजार ७२७ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP