दक्षिण कोरियामा खुले विद्यालय

दक्षिण कोरियामा खुले विद्यालय

८ जेठ, सोल। कोभिड(१९ को महामारीका कारण बन्द रहेका दक्षिण कोरियाका विद्यालयहरू हिजादेखि सञ्‍चालनमा आएका छन्।

कोरोना भाइरसको संक्रमण कम हुन थालेपछि सरकारले विद्यालयहरू खोल्न थालेको हो। पहिलो चरणमा माध्यमिक तहको पठनपाठन शुरु भएको छ। पूर्वप्राथमिकदेखि अन्य तहका विद्यालय भने ८ जुनदेखि मात्र सञ्‍चालनमा ल्याउने कोरिया सरकारले तयारी छ।

कोभिड(१९ को महामारीका कारण गत फेब्रुअरीदेखि सबै तहका विद्यालय बन्द भएका थिए। पुनः सञ्‍चालनमा आएका हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य निगरानी र सेल्फ आइसोलेसनलगायत कुरालाई बढी जोड दिइने सरकारले बताएको छ। ती विद्यालयमा शिक्षा मन्त्रालयले सातवटा जाँच केन्द्र पनि उपलब्ध गराएको छ।

दक्षिण कोरियामा कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। दुई साताअघि राजधानी सोलनजिकको इथेवन बजारको एक रात्रि क्लबबाट सामूहिक संक्रमणपछि संक्रमित संख्या पुनः थपिएको छ।

हिजो मात्र ३२ नयाँ संक्रमित थपिएका छन्। त्यससँगै कुल संक्रमित ११ हजार एक सय १० जना पुगेका छन्। तीमध्ये नौ हजारभन्दा बढी उपचारपछि घर फिरेका छन्। कोरोना संक्रमणबाट मृत्यु हुने दुई सय ६३ जना पुगेका छन्। रासस

Loading
TOP