थप ३० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४८७ पुग्यो

थप ३० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४८७ पुग्यो

९ जेठ,  काठमाडौँ । नेपालमा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितमा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० विनय त्रिवेणी गाउँपालिका(६ का ४५ बर्षिय पुरुष, भरतपुर महानगरपालिका(६ कसरबाघ, चितवनका ७४ बर्षिय पुरुष र ७३ बर्षिय महिला, नवलपरासी सुस्ता गाउँपालिका(५ र रामग्राम नगरपालिका(३ का १८, ३३ र ३५ बर्षिय पुरुषहरु र १५ बर्षिय बालिका रहेका छन् ।

त्यस्तै कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षिय पुरुष र ८ बर्षिय बालिकामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सर्लाही गोडैत नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका(७ निवासी २२, २२, २४, २५, २५, २७, ३२,३४, ३४, ३५, ३८,३८ ४ ३९ बर्षिय पुरुष तथा १८ बर्षिय महिलामा कोरोना पुष्टि भएको छ ।

नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८७ पुगेको छ । जसमा पुरुषको संख्या ४१२ र महिला ७५ जना रहेका छन् ।

Loading
TOP