श्रीलंकामा राहतको पैसा बाड्ने क्रममा तीन जनाको मृत्यु

श्रीलंकामा राहतको पैसा बाड्ने क्रममा तीन जनाको मृत्यु

९ जेठ, काठमाडौँ । श्रीलंकामा राहतको पैसा बाड्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

बिबिसीका अनुसार कोरोना भाइरसका कारण संकटमा परेकाहरुलाई सहयोग गर्न एक व्यापारीले पैसा बाड्दा भागदौड हुदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

कोरोनाका कारण संकटमा परेकाहरुलाई एक व्यापारीले पैसा बाड्ने ठाउमा सयौं मानिस जम्मा भएको र भाग दौड मच्चिएको प्रहरीले बताएको छ ।

प्रहरीले पैसा बाड्ने व्यापारीले आफ्नो योजना बारे प्रहरीलाई खबर नगरेको र अनुमति समेत नलिएको बताएको छ । प्रहरीले पैसा बाड्न संलग्न ६ जनालाई हिरासतमा लिएको जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार पैसा बाड्ने व्यापारी मुस्लिम रहेको र रमजान महिनाको समाप्तिको अवसरमा इदका लागि दान गरिरहेको बताइएको छ ।

श्रीलंकामा कोरोना भाइरसको संक्रमणमा अहिलेसम्म एक हजार ४८ जना पुगेका छन् भने ९ जनाको मृत्यु भएको छ ।

Loading
TOP