आलमको घरमा छापा मार्न गएका प्रहरीलाई सयौँ गाउलेले घेरे पछि १२ राउण्ड हवाई फायर

आलमको घरमा छापा मार्न गएका प्रहरीलाई सयौँ गाउलेले घेरे पछि १२ राउण्ड हवाई फायर

९ जेठ, काठमाडौं । बम विष्फोटमा घाईते भएकालाई ईटाभट्टामा जिउदै जलाएर हत्या गरेको अभियोगमा फरार रहेका पूर्व मन्त्री मोहम्मद अफ्ताव आलमको घरमा छापा मार्न मध्य राति गएको प्रहरीलाई उल्टै गाँउलेले घेरा हाले पछि प्रहरीले भीडलाई पछि हटाउन १२ राउण्ड हवाई फायर गरेको छ ।

पूर्व मन्त्री आलम जेलमा रहे पनि उनका भाई महताब आलम फरार रहेकाले उनी आएको सूचना पाए पछि प्रहरी त्यहाँ राति पुगेको थियो । तर उनलाई फेला पार्न भने सकेन ।
प्रदेश प्रहरीको टोलीले छापा मारेको थियो । आलमको घरमा थुप्रै गेट रहेको र त्यसलाई फुटाउदै अघि बढ्ने क्रममा गाँउलेले तोडफोड भएको अनुमानका आधारमा मदरसाबाट माईकिगं गरी बोलाईए पछि सयौको संख्यामा गाँउले भेला भएका थिए । त्यो एरिया ठूलो मुस्लिम समुदायको बसोबास रहेको क्षेत्र हो ।

त्यहाँ मुस्लिम समुदायको घना बस्ती छ । राति तनावग्रस्त भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर, फरहदवास्थित पूर्वमन्त्री सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । पूर्वमन्त्री आलममाथि उक्त घटनाका मृतक र घाइतेलाई चिम्नीभट्टीमा हालेर जलाएको आरोप छ । आलमलाई २०७६ असोज २६ गते पक्राउ गरिएको थियो ।

Loading
TOP