घरघरमा नक्सा पुऱ्याउदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम – कमल थापा

घरघरमा नक्सा पुऱ्याउदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम – कमल थापा

११ जेठ,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’काम छोडन आग्रह गरेका छन् ।

सरकारले नयाँ नक्शा जारी गरेर राजपत्रमा समेत प्रकाशित भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले नेकपाका नेताहरुको घरमै पुगेर नयाँ नक्सा हस्तान्तरण गरेकी थिइन् ।

अध्यक्ष थापाले सस्तो लोकप्रियताका लागि नक्सा घरमा पुर्याउदै हिड्न छोडेर सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले काम नभएका मन्त्रीहरुलाई कोरोना नियन्त्रणका लागि जिल्लामा पठाउन समेत प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

उनले भनेका छन्, ुनेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’काम छोडनोस् । सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्।काम नभएका मन्त्रीजीहरुलाई कोभिड(१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् ।ु

Loading
TOP