थप ७२ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६७५ पुग्यो

थप ७२ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६७५ पुग्यो

१२ जेठ,  काठमाडौँ । नेपालमा थप ७२ जना जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितमा धनुषाका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौँ टोखाका ३ जना, बाराका २३ जना, रौतहटका २६ जना, सुनसरीका २ जना, बर्दियाका एक जना, बाँकेका ४ जना, दैलेखका ७ जना रहेका छन् ।

आज संक्रमण पुष्टि भएका ७१ जना पुरुष छन् भने एक जना महिला रहेकी छन् ।

यो सँगै कुल संक्रमितको संख्या ६७५ पुगेको छ, जसमा ५९५ जना पुरुष र ८० जना महिला रहेका छन् ।

त्यस्तै अहिलेसम्म १०६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्

नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६७५ पुगेको छ । जसमा पुरुषको संख्या ५९५ र महिला ८० जना रहेका छन् ।

Loading
TOP