नारायणी अस्पतालबाट कोरोना संक्रमित ४ महिने शिशुसहित १८ जना डिस्चार्ज

नारायणी अस्पतालबाट कोरोना संक्रमित ४ महिने शिशुसहित १८ जना डिस्चार्ज

१२ जेठ, वीरगन्ज । कोरोना संक्रमित भएर वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइ रहेका १८ जना आइतबार राति डिस्चार्ज भएका छन् ।

कोरोनामाथि विजय प्राप्त गर्ने वीरगन्जको छपकैया(३ का एकै परिवारका छन् । चार महिने शिशुसहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। मदन उपाध्यायले जानकारी दिएका छन् ।

गत वैशाख २४ गते कोरोना भएको पुष्टि भएका उनीहरू एकै परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला छन् । उनीहरूको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मेडिकल सुपरिडेन्ट उपाध्यायले जानकारी दिए ।

डिस्चार्ज भएका एक युवकले हाम्रो मुख्य चाड इद को पुर्व राती घर जान पाएकोमा खुशी व्यक्त गरेका छ्न ।

यसअघि दुइ पटक गरी नारायणी अस्पतालमा उपचार गराईरहेका ११ जना डिस्चार्ज भैसकेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित ठिक भएर डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।

Loading
TOP