भारतमा कोरोना : एक लाख ४५ हजार संक्रमित, ४१ सय ६७ जनाको मृत्यु

भारतमा कोरोना : एक लाख ४५ हजार संक्रमित, ४१ सय ६७ जनाको मृत्यु

१३ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख ४५ हजार ३८० पुगेका छन् ।

त्यस्तै २४ घण्टामा भारतमा १४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ४ हजार १६७ पुगेको छ ।

भारतमा अहिलेसम्म ६० हजार ४९० जना ठिक भएका छन् भने ८० हजार ७२२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

योसँगै भारत धेरै संक्रमण हुने देश मध्ये शिर्ष १० देश भित्र परेको छ ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ५५ लाख ८९ हजार ७१२ पुगेको छ भने मृतकको संख्या ३ लाख ४७ हजार ९०३ पुगेको छ ।

त्यस्तै विश्वभर २३ लाख ६६ हजार ५५१ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP