ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

१३ जेठ, काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा एक दिनमा अमेरिकामा भन्दाबढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ८०७ जनाको मृत्यु भयो भने अमेरिकामा ६२० जनाको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ ।

ब्राजिलमा कोरोनाको संक्रमण अहिले तिब्रगतिमा बढिरहेको छ । ब्राजिल अहिले कोरोनाको नयाँ इपिसेन्टर बनेको छ ।

ब्राजिलमा अहिलेसम्म ३ लाख ७४ हजार ८९८ जना संक्रमित भएका छन् । संक्रमित धेरै हुनेको सुचीमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

ब्राजिलमा कोरोनाले यति ठुलो महामारीको रुप लिदा पनि लकडाउन घोषणा गरिएको छैन । राष्ट्रपति जैर बोलसोनारोले संक्रमण फैलाउन राज्य सरकारहरु जिम्मेवार भएको आरोप लगाउदै आएका छन् ।

Loading
TOP