पश्चिम रुकुम घटनाको निश्पक्ष छानबिन गर्न सांसद मीन विश्वकर्माको माग

पश्चिम रुकुम घटनाको निश्पक्ष छानबिन गर्न सांसद मीन विश्वकर्माको माग

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको संसदीय छानबिन गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरेका हुन् ।

उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका थिए ।

त्यस्तै घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निश्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।

Loading
TOP