संसदमा जनार्दन शर्मा बोल्न थालेपछि कांग्रेस सांसदहरुद्वारा होहल्ला !

संसदमा जनार्दन शर्मा बोल्न थालेपछि कांग्रेस सांसदहरुद्वारा होहल्ला !

१३ जेठ,  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सांसद जनार्दन शर्माले रुकुम घटनाका विषयमा संसदमा बोल्न थालेपछि कांग्रेस सांसदहरुले होहल्ला गरेका छन्।

मंगलबार रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटना विषयमा सांसद शर्माले बोल्दै कांग्रेस सांसदहरुले होहल्ला गरेका हुन्।

रुकुम पश्चिमका सांसद समेत रहेका शर्माले रुकुमको चौरजहारीमा दलित युवामाथि घटेको घटनाको विवरण दिएर वडाअध्यक्ष दोषी नभएको बताएपछि कांग्रेसका सांसदले उठेर प्रतिरोध गरेका थिए।

उनीहरुले घटनाको संसदीय समितिबाट छानवीन गर्न माग गरिरहँदा जनार्दन शर्मा बोलेको भन्दै विरोध गरेपछि शर्मा आक्राशित भएका हुन्।

कांग्रेस सांसदहरुले घटनाका विषयमा गृहमन्त्रीको जवाफ माग गरिरहेका बेला सभामुखसँग समय मागेर सांसद शर्माले बोल्न थालेपछि कांग्रेस सांसदहरुले आपत्ति जनाएका हुन्।

आफू सभामुखसँग समय मागेर बोल्ने बेला होहल्ला भएपछि सांसद शर्मा जंगिएका थिए। सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसदहरुलाई बोल्न समय दिने भन्दै चुप बस्न आग्रह गरेका थिए।

शर्माले दलितमाथि भएको घटनाको सत्यतथ्य पत्ता लगाउन आफूले पनि सहयोग गर्ने बताए।

Loading
TOP