हालसम्म पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण : स्वास्थ्य मन्त्रालय

हालसम्म पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण :  स्वास्थ्य मन्त्रालय

१३ जेठ, काठमाडौं । हालसम्म पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ र आरडिटी विधिबाट २ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ११ हजार ६६, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६१, बागमती प्रदेशमा २४ हजार २ सय १६ र गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १६ हजार ८ सय ८०, कर्णाली प्रदेशमा १० हजार ६ सय १८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९ सय २५ जनाको आरडिटी परीक्षण भएको छ ।

क्वारेन्टाइनमा अहिलेसम्मकै उच्च संख्यामा रहेका छन् । देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार बढी छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा १ हजार ७ सय ५८, प्रदेश नम्बर २ मा १० हजार ५ सय ३५, बागमती प्रदेशमा ९ सय ६४ र गण्डकी प्रदेशमा १ हजार ५ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २३ हजार ५ सय ८९, कर्णाली प्रदेशमा ५ हजार २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५७ गरी देशभरी ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १ सय ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Loading
TOP