दलित भए कै कारण कति पिडा भाेग्नु पर्याे !

दलित भए कै कारण कति पिडा भाेग्नु पर्याे !

प्रियास्मृति गजमेर ।

कुरा २०६९ साल तिरको हो । मेरो पनि अन्तरजातीय बिवाह हो । दलित भएकै कारण कति पीडा भोग्नु पर्यो,कुनै लेखाजोखा छैन । ज्यान जोगाउन हम्मे हम्मे भो,माइतिपक्ष सुरक्षा निकायतिर भएर पनि होला प्रहरीबाट अल्लि बढी दमन गरियो,पटक पटक मेरि श्रीमतीलाई छुटाएर माइतिको जिम्मा लगाईन्थ्यो । ज्यान जोगाउन कहिले पश्चिम काली पुगे कहिले पुर्ब मेची तर माइती भनौदा कथित उपल्लो जातले मलाई सुराकीका आधारमा जहाँ गएनी प्रहरीकै जिम्मा लाएर छोड्थे ।

माइती पक्षले हामीलाई छुटाउन लाखौं प्रयास गते तर हामी छुट्टिन चाहेनौ । माइती पक्षका ती शब्द सुन्दा मुटु छियाछिया भएर आउथ्यो अझै पनि आउँछ तर उनिहरुको गाली मेरो लागि आशीर्वाद बनोस भन्नू शिवाय उपाय केही थिएन म सङ्ग । उनिहरुको ज्यादतीका कारण बाचुला झै त मलाई लाग्न छोडी सकेको थ्यो। तर मेरि श्रीमतीको मैले बलियो साथ पाए,माया पाए, बरु उनी माइती त्याग्न राजी भइन । त्यति बेला पनि म र मेरो श्रीमती बिच जातियताका कुरा थुप्रै उठाए माइती पक्षले । हामी निडर भएर सामना गरिरहयौ । म एक्लै थिएन मेरो साथमा सिङो दलित समुदाय थियो। अन्ततः हामी बिवाह वन्धनमा बाधिएरै छोड्यौ। हामी एक भएको आज ८ बर्ष पुग्यो,हाम्रा दुई छोरा छन,तर आज सम्म हाम्रो न बोलचाल छ न आवतजावत हुन्छ माइतीसङ्ग ।

त्यसकारण जस्ले जति चिल्ला कुरा गरेपनी दलितलाई हेर्ने दृष्टिकोण जमिन आकाशको फरक छ । जसोतसो मैले त ज्यान जोगाउन सफल भए । नवराज भाइ,तिम्रो प्रेम अम्मर छ, रहोस, रहिरहने छ। अकालमै ज्यान गुमाउन पर्यो । झिनो आशा छ न्याय हराएको मेरो देश,तैपनी तिमिले न्याय पाउछौ भन्ने ।। तिमी सङै ज्यान गुमाउने भाईहरुको पनि श्वर्गमा बाँस हो ।

Loading
TOP