सुर्खेत ल्याइदै गरेका युवकको मृत्यु, कोरोना परिक्षण गरिदै

सुर्खेत ल्याइदै गरेका युवकको मृत्यु, कोरोना परिक्षण गरिदै

१४ जेठ, काठमाडौँ । भारतबाट सुर्खेत फर्किदै गरेका २२ बर्षिय पुरुषको प्रदेश अस्पताल सुर्खेत ल्याउने क्रममा मृत्यु भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सुर्खेत(५ चिगाड निवासी पुरुषको गएराती सवा १२ बजे मृत्यु भएको जानकारी दिएको छ ।

निज पुरुष बाथ रोगी रहेको र बाटोमा आउदा आउदै सिकिस्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

मृतकको स्व़ाब संकलन गरेर प्रयोगशालामा पठाइएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् ।

Loading
TOP