क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु

१४ जेठ, धनगढी । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको हो ।

वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरीले वडा अध्यक्षको मृत्युको कारण खुल्न नसकेको बताएको छ ।

उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ ।

अस्पतालले सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने बताएको छ ।

Loading
TOP