प्रतिनिधि सभाको बैठकमा आज संबिधान संशोधनको प्रस्ताव पेश हुदै

प्रतिनिधि सभाको बैठकमा आज संबिधान संशोधनको प्रस्ताव पेश हुदै

१४ जेठ, काठमाडौँ । सरकारले आजको प्रतिनिधि सभाको बैठकमा संबिधान संशोधनको प्रस्ताव पेश गर्ने भएको छ ।

आज २ बजे बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाम्फेले नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले नयाँ नक्शा जारी गरेपछि सो अनुसार संबिधानको अनुसुची ३ मा व्यवस्था भएको विषयलाई सच्याउन संबिधान संशोधन गर्न लागेको हो ।

यस विषयमा सबै दलसँग परामर्श गर्न र सर्वसम्मतिले संसदबाट पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मंलगबार साँझ सर्वदलीय बैठक समेत सम्पन्न गरेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा उभिन अनुरोध गरेका थिए ।

नेपालको अद्यावधिक नक्शा संविधानको अनुसूची ९निशान छाप० मा राख्न संविधान संशोधन गर्ने विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा संसद्मा रहेका पार्टीका नेताहरुबीचको छलफलमा उहाँले राष्ट्रियताका विषयमा सिङ्गो राष्ट्र विगतदेखि एकताबद्ध हुँदै आएको र त्यही एकताका बलमा सो विषयलाई टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए ।

Loading
TOP