थप ६ जनामा कोरोना संक्रमण, कुल संख्या ७ सय ९० पुग्यो

थप ६ जनामा कोरोना संक्रमण, कुल संख्या ७ सय ९० पुग्यो

१४ जेठ, पोखरा । भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ।

बुधबार बिहानै हेटौंडाकी २५ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको हो।

उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन्।

अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।

मंगलबार राति मात्र वीरगन्जमा उपचाररत २१ जना संक्रमित डिस्चार्ज भएका छन्।

Loading
TOP