आज थप ४ जना कोरोना जितेर डिस्चार्ज हुदै

आज थप ४ जना कोरोना जितेर डिस्चार्ज हुदै

१४ जेठ, बिराटनगर । कारोनाको संक्रमण र जोखिम बढीरहेका बेला कोरोना जितेर निको हुनेको संख्या पनि बढ्दै छ ।

यसै क्रममा आज बिराटनगरबाट थप चार जना डिस्चार्ज हुन लागेको कोशी कोभिड–१९ उपचार केन्द्र व्यवस्थापन संयोजक एवं जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

२६ जना डिस्चार्ज गरिसकेको कोशीले आज थप ४ जनासहित ३० जनालाई घर फर्काउने छ । बाँकी ३१ जना उपचाररतः हुनेछन् ।

त्यस बाहेक बिपिमा २५ जना उपचाररतः रहेका छन् । यस अघि देशभर गरेर एक सय ७६ जना उपचार पछि घर फर्किसकेका छन् ।

Loading
TOP