संसदीय उत्तरदायीत्व पुरा गर्न कांग्रेस सांसद मिनेन्द्र रिजालको आग्रह

संसदीय उत्तरदायीत्व पुरा गर्न कांग्रेस सांसद मिनेन्द्र रिजालको आग्रह

१४ जेठ, काठमाडौं । सांसद डाक्टर मिनेन्द्र प्रसाद रिजालले संसदीय गतिविधिसंग सम्बन्धीत बैठकका निष्कर्ष सरकारको तर्फबाट प्रधानमन्त्री वा संसदीय व्यवस्था मन्त्रीले संसदलाई जानकारी दिने परम्परा सुरु गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठकले संविधान संशोधनको प्रस्ताव सबै दलको सहमतिमा छिटो प्रक्रियाबाट पारित गर्ने निर्णय भएको सुन्नमा आएको भन्दै उहाँले ंसंसदीय गतिविधिसंग सम्बन्धी बैठक वा छलफलको निर्णयलाई पनि संबैधानिक ढंगले सार्वजनिक गरि संसदीय उत्तरदायीत्व पुरा गर्न आग्रह गर्नुभयो । सांसद मोहन बाँनियाले राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिने सांसदहरुलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभयो ।

सासंद बिमल प्रसाद श्रीवास्तवले विरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी मुस्लिम दाजुभाईहरु भारतको हरियाणाको कारागारमा थुनिएको भन्दै सो बारे सरकारको ध्यानाकर्षण गराउदै उनीहरुलाई स्वदेश फर्काउने व्यवस्था गर्न माग गर्नुभयो ।

Loading
TOP