भारतमा एक लाख ५८ हजार संक्रमित, ४५ सय ३१ को मृत्यु

भारतमा एक लाख ५८ हजार संक्रमित, ४५ सय ३१ को मृत्यु

१५ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६ हजार ५६६ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ३३३ पुगेका छन् ।

त्यस्तै २४ घण्टामा भारतमा १९४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ४ हजार ५३१ पुगेको छ ।

भारतमा अहिलेसम्म ६७ हजार ६९२ जना ठिक भएका छन् भने ८६ हजार ११० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

योसँगै भारत धेरै संक्रमण हुने देश मध्ये शिर्ष १० देश भित्र परेको छ ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख ९० हजार १०३ पुगेको छ भने मृतकको संख्या ३ लाख ५७ हजार ४३२ पुगेको छ ।

त्यस्तै विश्वभर २४ लाख ९७ हजार ६१८ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP