फेसबुकले ल्यायो नयाँ एप कोलाब

फेसबुकले ल्यायो नयाँ एप कोलाब

१५ जेठ, काठमाडौँ । फेसबुकले आफ्ना प्रतिष्पर्धीलाई डिजिटल प्लेटफर्मका सबै क्षेत्रमा टक्कर दिने योजना बनाएको छ । यसै योजना बमोजिम भिडियो कलिङ एप जूम र गुगललाई टक्कर दिन म्यासेन्जर रुम सुचारु गरेको फेसबुकले ुक्याचअपु नामको भिडियो कलिङ एप समेत लन्च गरिसकेको छ ।
यसैबीच फेसबुकले सानो भिडियो पोष्ट गर्ने अहिलेको चर्चित एप टिकटकलाई टक्कर दिने नयाँ एप कोलाब ९ऋयििबद० लन्च गरेको छ ।

अहिले अमेरिका र क्यानाडामा मात्र उपलब्ध हुने कोलाब एप विस्तारै विश्वभर उपलब्ध हुने बताइएको छ ।

कोलाब एपमा टिकटकमा जस्तै सानो भिडियो बनाउन र पोष्ट गर्न सकिन्छ । यसलाई कुनै गीतको भागलाई तीन भागमा भिडियो बनाउन सकिने सुबिधा रहेको छ ।

कोलाबमा एक प्रयोगकर्ताले बनाएको भिडियोलाई अन्य प्रयोगकर्ताले प्रयोग गरेर नयाँ भिडियो बनाउन सक्ने देखि लिएर आफैले गीत गाउन समेत मिल्ने सबै सुबिधा रहेका छन् । टिकटक जस्तै यो एपमा भिडियो बनाउदा एक साथिले गीत गाउने, अर्को एक जनाले गितार बजाउने र अर्को साथीले म्युजिक दिन सक्ने सम्मको सुबिधा रहेको छ ।

कोलाबमा शेयर गरिएको भिडियो कुनै पनि सामाजिक संजालमा सेयर गर्न सकिने सुबिधा रहेको छ । तर कोलाब एपमा बनाएको भिडियो फोनमा भने सेभ गर्न नसकिने बनाइएको छ ।

फेसबुकले टिकटकलाई टक्कर दिन खोजेको यो दोस्रो प्रयास हो । यस अघि फेसबुकले अमेरिकामा मात्र लास्सो एप लन्च गरेको थियो । तर यसलाई अमेरिका बाहिर ल्याउन भने अझै सकेको छैन ।

Loading
TOP