राप्रपा ३१ औं बर्षमा प्रवेश

राप्रपा ३१ औं बर्षमा प्रवेश

१५ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० बर्ष पुरा गरि ३१ औं बर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको दिन राप्रपाका अध्यक्ष कमल थापाले आभार एवं शुभकामना व्यक्त गर्दै राप्रपा अहिलेको राजनीतिक अवस्थामा एक मात्र वैकल्पिक पार्टी भएको बताएका छन् ।
अध्यक्ष थापाले शुभकामना दिदै स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुटने बाचाबन्धन सहित एकताबद्ध भएको बताएका छन् ।

उनले भने( ुदेशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आबश्यकता रहेको छ । यस्तो शक्ति जो राष्ट्रवादी होस्, जसले मन वचन र कर्मले प्रजातन्त्रमा बिश्वास गरोस् अनि नेपाली जनताको चाहना अनुरुप सुशासन र सम्बृद्ध प्रदान गर्न सकोस् । कतिपयलाई तितो लाग्न सक्छ, तर यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र छ । राप्रपा रहेको फरक बिचार, देशव्यापि संगठन र अग्निपरिक्षाबाट उतिर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्दछ ।ु

अध्यक्ष थापाले राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने अभिभारा आफुहरुको भएको बताए ।

उनले विगतका गल्तीबाट पाठ सिकेका बताउदै अब गल्ति नदोहरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आगामी दिनमा राप्रपालाई बिश्वास गर्न, भरोसा गर्न र माया गर्नअपिल समेत गरेका छन् ।

Loading
TOP