विद्युतीय गाडीमा अन्तशुल्क र भन्सार बढाउने घोषणा राष्ट्रविरोधी निर्णय – कमल थापा

विद्युतीय गाडीमा अन्तशुल्क र भन्सार बढाउने घोषणा राष्ट्रविरोधी निर्णय – कमल थापा

१६ जेठ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्युतीय गाडीमा अन्तशुल्क र भन्सार बढाउने घोषणा राष्ट्रविरोधी निर्णय भएको बताएका छन् ।

बुधबार सरकारले ल्याएको बार्षिक बजेटमा विद्युतीय गाडीमा अन्तशुल्क र भन्सार बढाउने घोषणा गरेको थियो ।

अध्यक्ष थापाले यो व्यवस्था प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको घोषित नीतिकै विरुद्ध रहेको भन्दै सच्याउन माग गरेका छन् ।

अध्यक्ष थापाले गैरविद्युतिय गाडी आयातकर्ताको सिण्डिकेटको प्रभावमा यस्तो निर्णय गरिएको भन्दै एकातिर सरकारले १३ सय मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र अर्को तर्फ विद्युतीय सवारी साधनलाई निरुत्साहित गरेको बताएका छन् ।

उनले भनेका छन् ( ु विद्युतिय गाडिमा अन्तशुल्क,भन्सार बढाउने बजेटको घोषणा प्रधानमन्त्री केपी शर्मा ओली र सरकार कै घोषित नीति बिरुद्ध छ । वातावरण सन्तुलन राख्ने र पेट्रोलियम पदार्थमा परनिर्भरता घटाउने नीति विपरित छ।

गैरविद्युतिय गाडी आयातकर्ताको सिण्डिकेटको प्रभावमा गरिएको यो राष्ट्रहित बिरोधी निर्णय सच्याउनु पर्छ । यस बर्ष एकातिर १३०० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राख्ने अर्कोतर्फ विद्युत प्रयोग हुने गाडी आयातलाई निरुत्साहित गर्ने ।

भारतसंगको डरलाग्दो व्यापार घाटा घटाउन पनि पेट्रोलियम पदार्थको आयात कम गर्दै लैजानुपर्छ । विद्युत उत्पादन र खपतलाई प्रोत्साहित गर्नु नेपालको बृहत्तर हितमा छ ।ु

Loading
TOP