दाङमा उपचाररत कपिलवस्तुका चार जना डिस्चार्ज

दाङमा उपचाररत कपिलवस्तुका चार जना डिस्चार्ज

१६ जेठ,कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमित चार जना उपचारपछि ठिक भएर डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जिल्लामा थप ४ जना कोरोना मुक्त भएको जानकारी दिएको छ ।

डिस्चार्ज हुनेमा कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका एक जना रहेका छन् । उनीहरु कोरोना विषेश अस्पताल दाङमा उपचाररत रहेका थिए । योसँगै कपिलवस्तुमा कोरोना निको हुनेको संख्या १५ पुगेको छ ।

त्यस्तै नेपालमा विहिबारसम्म १८७ जना डिस्चार्ज भएकोमा योसँगै १९१ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै जिल्लामा विहिबार रातिसम्मको अपडेट अनुसार १३६ जना संक्रमित भएका छन् ।

Loading
TOP