इटालियन सिरी ए जुन २० देखि शुरु हुने

इटालियन सिरी ए जुन २० देखि शुरु हुने

१६ जेठ,काठमाडौँ । कोरोना महामारीका कारण रोकिएका विश्वका फुटबल लिगहरु अब फेरी सुचारु हुने भएका छन् ।
युरोपमा कोरोना महामारी केहि मथ्थर भएसँगै बिना दर्शक लिग शुरु हुन लागेका छन् । जर्मनीको लिग यस अघि नै शुरु भएको छ भने ईङलिश प्रिमियर लिग जुन १७ देखि शुरु हुने भएको छ । यसैबीच इटालीको सिरी ए जुन २० देखि शुरु हुने भएको छ ।

इटालीक खेलकुदमन्त्रीले सिरी ए जुन २० देखि शुरु हुने जानकारी दिएका छन् । खेलकुदमन्त्री भीनसेन्जो स्पाडाफोराले सिरी ए पुन सुचारु हुने घोषणा गरेका हुन् ।

सिरी ए का सबै क्लबहरुले अहिले आआफ्नो प्रशिक्षण शुरु गरिसकेका छन् ।

त्यस्तै इटालीको कोपा इटालीयाको सेमिफाइनल खेल भने जुन १३ मै हुने भएको छ । जुन १३ देखि जुन २० सम्म कोपा इटालीया सकेर त्यसपछि लिगका खेल खेल्ने खेलमन्त्रीले जानकारी दिएका छन् । अब जुन १३ मा युभेन्टस र एसी मिलानबीच सेमिफाइनल खेल हुने छ भने नापोली र इन्टरमिलानबीच दोस्रो सेमिफाइनल खेल हुने छ ।

सेमिफाइनलको पहिलो लिगमा युभेन्टस र मिलान १(१ गोलको बराबरी खेलेका थिए भने अर्को सेमिफाइनलमा नापोलीले इन्टरमिलानलाई १(० ले जितेको थियो ।

कोपा इटालीयाको फाइनल जुन १७ का लागि तय गरिएको छ ।

त्यस्तै इटालियन सिरी ए मा भने अहिलेसम्म युभेन्टस दोस्रो स्थानमा रहेको लाजियोभन्दा केवल एक अंकले अगाडी रहेको छ । युभेन्टसको २६ खेलमा ६३ अंक छ भने लाजियोको २६ खेलमा ६२ अंक रहेको छ ।

Loading
TOP