रौतहटको जोकाहामा स्थानीय र प्रहरीबीच झड्प

रौतहटको जोकाहामा स्थानीय र प्रहरीबीच झड्प

१६ जेठ, रौतहट । रौतहटको इशनाथ नगरपालिकाको जोकाहामा प्रहरी र स्थानीयबीच झड्प भएको छ ।
वडा नं। ७ को जोकहामा रहेको अनवारुल इस्लामिक मदरसास्थित क्वारेन्टाइन रहेका दुई जनामा बिहिवार संक्रमण पुष्टि भएकोले उनीहरुलाई उपचारका लागि जिल्ला भित्रै अर्को स्थानमा रहेको गरुडाको प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउँन चिकित्सक र सुरक्षाकर्मी पुग्दा सो स्थानमा वादविवादले उग्र रुप लिएको थियो ।

स्थानीयले कोरोना संक्रमितलाई त्यहीं नैं राखेर उपचार गर्नु पर्ने माँग राख्दै बिरोध गरेको इशनाथ नगरपालिका प्रमुख संतोष मेहताले जानकारी दिए ।

संक्रमित रहेको स्थानबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटरको दूरीमा रहेको छ ।

स्थानीयले जोकाहा मैं रहेको क्वारेन्टाइनमा राखेर संक्रमितको उपचार गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको मेयर मेहताले बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । स्थिति अहिले पनि तनावपूर्ण छ ।

स्थानीयले ढुङ्गा मुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

झड्पलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरीहरू घटनामा परिचालन गरिको प्रहरी नायाव उपरिक्षक भरत श्रेष्ठले बताए ।

Loading
TOP