हालसम्म १ लाख ६९ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

हालसम्म १ लाख ६९ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

१६ जेठ, काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म १ लाख ६९ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६४ हजार १ सय ५४ जनाको पिसिआर र १ लाख ५ हजार ४ सय ७८ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

Loading
TOP