नेपालमा कुल संक्रमितको संख्या १४०१ पुग्यो

नेपालमा कुल संक्रमितको संख्या १४०१ पुग्यो

१८ जेठ, काठमाडौँ । नेपालमा शनिबार थप १८९ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा घनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका १०६ जना, ललितपुरका १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना, सिराहका ११ जना,सप्तरीका ९ जना, दाङका ५ जना, बाराका एक जना, पर्साका २ जना, दैलेखमा १४ जना, संखुवासभाका २ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै कुल संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ, जसमा १ हजार २८८ जना पुरुष र ११३ जना महिला रहेका छन् ।

त्यस्तै अहिलेसम्म २१९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमा १८५ जना पुरुष र ४७ महिला रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म छ जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभर क्वारेन्टाइनमा एक लाख १० हजार ७८ जना रहेका छन् भने एक हजार १७६ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Loading
TOP