कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १२३ पुगे

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १२३ पुगे

१८ जेठ, काठमाडौँ । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले थप १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयले संक्रमितमा १८ जना पुरुष रहेको जानकारी दिएको छ ।

नयाँ संक्रमितमा दैलेखका १७ जना र कालिकोटका एक जना रहेका छन् ।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो ।

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १२३ पुगेको छ ।

Loading
TOP