देशका केहि स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

देशका केहि स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

१८ जेठ, काठमाडौं । देशका केहि स्थानहरुमा आगामी २४ घण्टा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमबिद्हरुले आग्रह गरेका छन् ।

आज देशभर सामान्य बदली रहि देशका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सि पनि पूर्वी भू(भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने नेपालको पूर्वी भू(भाग नजिकै न्यून चापीय रेखा रहेको छ । स्थानीय वायुको प्रभाव पनि कायमै रहेकाले पानी परिरहेको मौसमबिद्हरुको भनाई छ ।

Loading
TOP