बजेटले कुनै पनि कुरा प्राथमिकतामा राखेको छैन : प्रकाशमान सिंह

बजेटले कुनै पनि कुरा प्राथमिकतामा राखेको छैन : प्रकाशमान सिंह

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सत्तारुढ दलकै सांसदहरुले बजेटमाथि आशंका गर्दा यसको विश्वसनियता माथि नै प्रश्न उठेको बताउनुभएको छ । बजेटमा अमेरिकी सहयोग परियोजना एमसीसीको बुँदा घुसाइएको भन्दै नेकपाभित्र विरोध भइरहेको प्रशंगमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘बजेटमा ४ सय केभि क्षमताको अन्तरदेशिय प्रशारण लाइनको लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रसारण निर्माण गर्ने राखेको छ । यो बजेट कतिको विश्वसनिय छ । यसलाई सत्तारुढ पार्टीले अगाडी नबढाउने भनेको छ । यसले बजेट कति विश्वसनिय छ भन्ने छ । कार्यान्वयनमा यतिकै फितलो हुने छ ।’’ आर्थिक वर्ष २०७७÷०७८को बजेट माथिको राजश्व र व्ययको अनुमान माथिको सैद्धान्तिक छलफलमा उहाँले कोरोना महामारीबाट अर्थतन्त्रमा पार्ने प्रभावलाई सरकारले नजरअन्दाज गरेको बताउनुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई सरकारले गम्भिरताका साथ नलिएको उल्लेख गर्दै उहाँले यसका लागि कुनै पनि कुरा प्राथमिकतामा नराखेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिसन्तोषजनक नभएको बताउनुभयो ।

Loading
TOP