हामीले बोलेर पनि केही सुधार हुन्न, तर्कको सम्मान हुन्न : सांसद पम्फा भूसाल

हामीले बोलेर पनि केही सुधार हुन्न, तर्कको सम्मान हुन्न : सांसद पम्फा भूसाल

१८ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पम्फा भूसालले देशको ठूलो राजनीतिक परिवर्तन भएपनि बजेटको ल्याउन प्रवृति नफेरिएको बताउनुभयो । संसदमा हरेक आर्थिक वर्षका लागि पेश हुने बजेट उस्तै प्रकृतिको हुने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘बजेट जे पेश भयो प्सल माइनस एक रुपैयाँ हुन्न । नीतिमा जे हुन्छ कमा फुलिस्टप केही पनि हुन्न । हामीले बोलेर पनि केही सुधार हुन्न । तर्कको सम्मान हुन्न त्यही भएर बोल्न मन पनि लाग्दैन् ।’’

बजेट र खर्चको प्रकृति परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । धेरै समय प्रकृयामै जाने भएकाले कार्यान्वयनमा चुनौती रहेको उहाँले बताउनुभयो । उहाँले बजेटको सफल कार्यान्वयनका लागि र सिंगो देशको विकासका लािग प्रशासनिक पुनंसंरचनाको आवश्यकता रहेको बताउनुभयो । जनतालाई आवश्यक पर्ने संरचना मात्रै राखेर अन्य सबै परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले देश बाहिरबाट आउने नागरिकहरुको व्यवस्था र क्वारेन्टाइनमा राख्ने कुरार्ला ध्यानमा राख्दै स्थानीय तहमा पर्याप्त बजेट दिएर चलायमान बनाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली नागरिकहरुको समयमै उद्धार नगरेको प्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘२ महिनासम्म बाहिर गएका नागरिकलाई आउन नदिने उनीहरुले कमाएको पनि २ महिनामा खाएर सकियो अहिले आफ्नै पैसामा आउ भन्ने जस्तो गैर जिम्मेवार केही हुन सक्दैन् ।

राज्य आफ्ना नागरिक प्रति जिम्मेवार हुनै पर्छ । उनीहरुलाई राज्यले व्यवस्था गरेर ल्षउनुपर्छ । उनीहरुको उर्जासिल शक्ति यहाँ लगाउनुपर्छ ।’’

Loading
TOP