हालसम्म १ लाख ८१ हजार ४ सय ८३ जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

हालसम्म १ लाख ८१ हजार ४ सय ८३ जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

१८ जेठ, काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५३ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म १ लाख ८१ हजार ४ सय ८३ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६९ हजार ५ सय ८२ जनाको पिसिआर र १ लाख ११ लाख ९ सय १ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।

गएको २४ घण्टामा १ सय ६६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। जसमध्ये २ सय २० जना उपचारपछि डिस्जार्च भएका छन्। मृतकको संख्या ८ पुगेको मन्त्रालयले जनाएको छ।

Loading
TOP