बाँकेमा ठुलो सडक दुर्घटना : १२ जनाको मृत्यु, ४ जनाको अवस्था गम्भीर

बाँकेमा ठुलो सडक दुर्घटना : १२ जनाको मृत्यु, ४ जनाको अवस्था गम्भीर

१९ जेठ, नेपालगन्ज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ठुरिया जंगलमा हाइस गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

भारतबाट फर्केकालाई लिएर नेपालगञ्जदेखि सल्यान जादै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा एघार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राती सवा १२ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरीमा ल्याइएको छ । अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको हो ।

भेरी अस्पतालले मृत्यु हुनेमा ११ जना पुरुष र एक महिला रहेको जानकारी दिएको छ । सवारी चालकसहित ३३ जना रहेको गाडीमा रहेका २० पुरुष र एक महिलाको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ, जसमा ४ जनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।

Loading
TOP