संसदमा मिनेन्द्र रिजालको प्रश्न : “प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ ?”

संसदमा मिनेन्द्र रिजालको प्रश्न : “प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ ?”

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभएकोछ ।

अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि नआएपनि प्रशारण लाइन निर्माण हुने सरकारले भनिरहेको प्रशंगमा उहाँले एमसीसी नभए स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्न गर्नुभयो । बजेट विनियोजन विधेयकमाथिको सामान्य छलफलमा उहाँले भन्नुभयो, ‘‘विचार गर्न नै कठिनाइ भयो । एमसीसी आएपनि÷नआएपनि प्रशारण लाइन बन्ने भन्नुभएको छ । तर आएन भने त्यो पैसा कहाँबाट ल्याउने ? संसदले नलिने निर्णय ग¥यो भने कुनै एउटा योजना काट्नुप¥यो के गर्ने ? पार्टीमा यो बहसलाई राजनीतिक व्यवस्थापन गर्न सक्नु भएन् भनेर तपाईको पार्टीको राजनीतिक लडाई संसदले व्यवहोरेर बस्नुपर्ने ? यो पैसा कहाँबाट आउँछ थाहा नपाएर हामीले बस्नुपर्ने ?’’

एमसीसी पारित नभए यो निर्माणका लागि आन्तरिक वा वैदेशिक ऋणबाट बनाउने की राजस्वबाट बनाउने भन्ने कुराको टुंगो लगाउन उहाँले आग्रह गर्नुभयो । स्रोत व्यवस्थापनको टुंगो नलगाई संसदको अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल नगर्न उहाँले आग्रह गर्नुभयो ।

Loading
TOP