पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८

पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

आज थपिएका २२६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। नेपालमा हालसम्म संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

Loading
TOP