हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

१९ जेठ, काठमाडौं । कोरोनाको आशंकामा गएको २४ घण्टामा २ हजार ३ सय १० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

७१ हजार ९ सय ३ जनाको पिसिआर र १ लाख १३ हजार ७ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।
सोमबार २ सय २६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ।

जसमध्ये २ सय २१ जना उपचारपछि डिस्जार्च भएका छन्। मुलुकभर हाल १ हजार ५ सय ६९ जना अस्पतालको आईसोलेसन वार्डमा रहेको मन्त्रालयले जनाएको छ।

Loading
TOP