थप १३ जना कोरना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

थप १३ जना कोरना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

२० जेठ,काठमाडौं । नेपालमा थप १३ जना कोरना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितमा पाल्पाका २ जना, नवलपरासीका एक जना, गुल्मीका एक जना, कपिलवस्तुका ७ जना र रुपन्देहीका २ जना रहेका छन् ।

जसमा रुपन्देहीका ३ बर्षका र नवलपरासीका ६ बर्षका बालक समेत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

त्यस्तै अहिलेसम्म २२१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमा १७३ जना पुरुष र ४८ महिला रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म देशभर क्वारेन्टाइनमा एक लाख ३३ हजार ९७५ जना रहेका छन् ।

Loading
TOP