बैतडीमा क्वारेन्टाइनमा महिलाको मृत्यु, कोरोना परिक्षणको तयारी

बैतडीमा क्वारेन्टाइनमा महिलाको मृत्यु, कोरोना परिक्षणको तयारी

२० जेठ, बैतडी । बैतडीमा क्वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक लुहार मुटु रोगको बिरामी रहेको बताउँदै उनले अहिले स्वास्थ्यकर्मीसहितको टोली क्वारेन्टाइनमा गईरहेको बताइएको छ ।

मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी थिईन् ।

मृतको लुहारको स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।

Loading
TOP