भारतमा ५ हजार ५९८ जनाको कोरोनाबाट मृत्यु

भारतमा ५ हजार ५९८ जनाको कोरोनाबाट मृत्यु

२० जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ८ हजार १७१ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ७०६ पुगेका छन् ।

भारत धेरै संक्रमित हुने देशको सुचीमा सातौ स्थानमा उक्लिएको छ ।

त्यस्तै २४ घण्टामा भारतमा २०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ५ हजार ५९८ पुगेको छ ।

भारतमा अहिलेसम्म ९५ हजार ५२६ जना ठिक भएका छन् भने ९७ हजार ५८१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ६३ लाख ६६ हजार १९७ पुगेको छ भने मृतकको संख्या ३ लाख ७७ हजार ४३७ पुगेको छ ।

त्यस्तै विश्वभर २९ लाख ३ हजार ६०५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP