काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

२० जेठ,काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिंगामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केएमसीका ४ जनासहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै स्वास्थ्यकर्मीको स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिए।

केएमसीका ४ स्वास्थ्यकर्मीसहित मंगलबार २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार दिउसो साढे ४ बजेसम्म देशभरमा २०९९ जनामा संक्रमण देखिएको छ।

 

Loading
TOP