हराएको मोबाइल यसरी भेटियो…

हराएको मोबाइल यसरी भेटियो…

रोजी ढकाल पराजुली । नेपालमा दिन दिनै कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोना संक्रमणका कारणले गरिएको लकडाउनले विश्वकै दैनिकी अदलबदल भएको छ । अर्थ व्यवस्थापन खलबलिएको छ । मानिसको आवतजावत, व्यपार व्यवाय सबै ठप्प छन् । यसले गर्दा वस्तु उत्पादन तथा सेवा उपभोग, साधन परिचालन वितरण लगायत सम्पुर्ण अर्थतन्त्रमा असर परेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको एक अध्ययनले एक दिन अर्थतन्त्र नचल्दा दैनिक करिब २ अर्व रुपैया सम्मको नोक्सानी हुने बताएको छ । बैेदेशिक रोजगारीको यस परिस्थितिलाई विश्लेषण गर्ने हो भने अगामी दिनमा रोजगारीमा रहेका लाखौं कामदारहरु स्वदेश फर्कन सक्ने अनुमान गर्न सकिन्छ ।

यसैबीच मसंग एउटा सानो घटना घट्यो । १८गते सोमबारको कुरा हो। स्वास्थ्य सामग्री दिने दाताले केहि स्वास्थ्य सामग्री सहयोग गर्ने बताएपछि एक्कासि घरबाट स्कुटर निकालेर निस्कदै गर्दा समाचार संकलनका लागि जरुरी फोन आयो । दुईवटै काम मेरो लागि उत्तिकै जरुरी थियो । स्वास्थ्य सामग्री अनि सूचना दिने कुरा फाेनमा बोल्दै अलि परसम्म पुगे । अगाडी पुगे पछी फोन पकेट मा हालेको याद छ तर फाेन कुन बेला झर्‍यो याद भएन । लगभग घरबाट एकसय मिटरको दुरिमा प्रहरीकाे चेकजाँच चलिरहेको थियोे, पहिलो दिन चेकिङमा परे ।

सूचना विभागको कार्ड नै चाहियो भनेपछि अलि अल्मल पर्‍यो सन्जोगले स्कुटरको डिक्कीभित्र थियो । करिब ५० मिटर अगाडी पुगे पछि पकेट छामेको मोबाइल रहेनछ । तुरुन्तै फर्केर चेकिंग गर्ने ट्राफिकलाई साेधे मेरो फाेन झरेछ । मैले भने पछि वहाँहरुले मेराे माेबाईलमा फाेन लगाउन थाल्नुभयो । मेरो माेबाईलमा ३/४ जनाले धेरै पटक फोन गर्दा पनि उठेन । अनि मैले वहाहरुलाई होस भै गो तनाव लिए झन  कोरोनाकाे असर पर्ला भनेर स्वास्थ्य सामग्री लिन अगाडि बढे ।

सेनिटाइजर र माक्स दिने सहयोगी हातलाई धन्यवाद भन्दै घर फर्के । साझ बिदेशमा भएको छोरासंग कुरा गरेर खाना खाने बानी, अब फोन छैन यसै नरमाइलो लागी रहयो । यसैबीच साँझ ल्यापटप चलाइरहेका बेला म्यासेन्जरमा एक युवा नेताको धन्यवाद भन्ने म्यासेज आयो । उहाँसग फोन हराएको कुरा सेयर गरे । उहाँले मलाई फोन ब्लक नगर्न सल्लाह दिनु भयो । कुनै राम्रो मान्छेको हातमा परेको भए दिन्छ भन्नूभयो । कुरा ठिक नि लाग्यो ।

विहान २/४ पटक फेरि छाेराकाे फाेनबाट हराएको माेबाईलमा फाेन लाएकाे उठेन फाेनमात्र गएको गएकै भायो । अनि भो अब चाहिँ सिम लिन जानू परो भन्ने लाग्यो र सिम लिन निस्के । घरबाट हिजै हिडेकाे बाटो फोन भेटिन्छ कि भनेर हेर्दै गए । यस्तो भन्न आएछ कि त्यो बेला । मेरो मुसोको बिदेशमा पसिनाको पहिलो कमाइ जस्ले भेटे पनि राम्रोसंग चलाओस भनेर दूरसञ्चारतिर लागे । संयाेग  मंगलबार अफिस बन्द रहेछ । एक दिन बिराएर अफिस खोल्ने रहेछ भोलि आउनु भनेपछि  फर्केर आफ्नो अफिस तिर लागे । यसै बीच छाेराकाे फाेन आयो– मामु माेबाईल भेटियाे चाडैं आइसिओ ।

अनि हतार हतार अफिस गएकाे बाबूले मोबाइल लिन बाेलाए जाउ भन्याे ! घट्टेकुलाेमा झरेको फाेन सिनामंगलस्थित केएमसी हस्पिटल पछाडि पुगकाे रहेछ । बाेलाएकाे ठाँउमा बाबू र म पुग्यौ । ४ तला माथि बाट 10/12 जनाले हामीलाई हेरिरहनु भएकोथियो ।

माथि नै आउनु भनेपछि म र बाबू माथि जादाजाँदै २ जनाले तलैबाट सोधे कहाँ आउनु भएको ? हामीले वर्तमान परिवेशलाई मध्य नजर गर्दै । माथी हाम्रो मान्छे भेटन आएको भन्नु पर्ने अवस्था अनुसार भनेर अगाडी बढियो ।  म र छाेरा छतमा जादा त १५/१६ जना हुनुहुदाे रहेछ हामी गएकाे ठाउँ होस्टेल पाे रहेछ । काम गर्ने, पढने बिद्यार्थी र हेरचाह गर्ने लगायत १५/१६ जना हुनुहुन्थ्यो । तर कसैले मैले भेटेको भन्नू भएन मलाई नि सोध्न मन लागेन । सबैलाई धन्यवाद,सबैको दिन शुभ हाेस,यो बेला सुरक्षित बस्नुस भन्दै फर्कन लागेका थियौ । अनि पालै पालो गर्दै भन्न थाले तपाईंको बिदेशमा भएको छोरा संगको कुराले मन छोयो । अनि अर्को ले तपाईंकोमा धेरै न्युज पोस्ट देखेर । अर्कोले तपाई पत्रकार हुनुहुदो रहेछ TV मा देखेको । यस्तै सुनाउन थाले, अनि हजुरहरु आमा छोराको कति राम्रो भिडियो नि छ भनेर भन्दै गए । अनि मैले भने – मैले माया मारेको फोन तर मेरो छोरोको बिदेशको पसिनाको कमाइ हो । चलाउनेले राम्रोसग चलाओस खाचो नि थियो होला भनेर चित्त बुझाएकै थिए ।

यति भनेपछि होस्टेलका विद्यार्थीहरुले फर्कने बेलामा भने– हामी लाई अन्न पानीको खाचो छ, ग्यास सकियो आउने बाटो बन्द छ ।

Loading
TOP