लकडाउनको सयमभित्रै कर बुझाऊ भन्नु, गैरजिम्मेवारपनको पराकाष्ठा : काँग्रेस

लकडाउनको सयमभित्रै कर बुझाऊ भन्नु, गैरजिम्मेवारपनको पराकाष्ठा : काँग्रेस

२१ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ भएको बताएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको अहिलेको यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ु विगत ७० दिन भन्दा बढी समयदेखि कोरोना भाईरस ९ऋयखष्म ज्ञढ० को कारण सरकारले मुलुकभर बन्दाबन्दी ९लकडाउन० गरिरहेको अवस्था छ । यस अवधिमा सरकार जति गम्भीर एवं जिम्मेवारीपूर्वक ढंगबाट कोरोना रोगको रोकथाम, न्यूनिकरण तथा उपचारका लागि तत्पर हुनुपर्ने हो तर त्यसो नभई दिनानुदिन एक पछि अर्को जनतालाई आतङ्कित गर्ने कार्य गर्दै आइरहेको छ । सरकार जनताप्रति अनुत्तरदायी भएको कारण सरकारको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको छ । सरकार दिनप्रति दिन असफल हुँदै गइरहेको छ ।ु

काँग्रेसले भनेको छ, ुलकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । त्यसका अलवा अन्य व्यवसाय, बैंक, वित्तिय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई भइरहेको छ । सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो ।ु

काँग्रेसले सरकारको यस कार्य प्रति नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गरेको छ ।

कोरोना रोगको कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको काँग्रेसको ठहर छ ।

आमनागरिकलाई पिडा माथि पिडा थप्ने कार्य अत्यन्त निन्दनीय छ । तसर्थ काँग्रेस संसदीय दलले सरकारको यस गतल कदमलाई तत्काल सच्चाउन माग गरेको छ ।

सुरक्षित रहन र सुरक्षाको प्रत्याभुति दिलाउनु राज्यको प्रमुख दायित्व भएको भन्दै काँग्रेसले जनतालाई पिडा माथि पिडाको अनुभूति नदिन खबरदारी गरेको छ ।

Loading
TOP