विदेशी चलखेल बढ्यो : कमल थापा

विदेशी चलखेल बढ्यो : कमल थापा

२१ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले देशमा घुमिफिरी फेरि २००७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिएको टिप्पणी गरेका छन् ।

उनले नेपाली राजनीतिमा बिदेशी ुएसेटुको चलखेल बढेकोले ठिक(बेठिक छुट्याउन पनि कठिन भएको भन्दै बीआरआइ, एमसीसी, संबिधान संसोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण भएको बताएका छन् ।

उनले जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुने चेतावनी समेत दिएका छन् ।

उनले भनेका छन्, ु नेपाली राजनीतिमा बिदेशी ुएसेटुको चलखेल यति व्यापक छकि ठिकरबेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआइ, एमसीसी,संबिधान संसोधन, धर्मनिरपेक्षता,संघियता,गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्।जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुन्छ । घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमानरस्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिन्छ । राजा महेन्द्र,राजा बीरेन्द्र, बिपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ । समयमा सचेत बनौं ।ु

Loading
TOP