चौतर्फी आलोचनापछि कर बुझाउने म्याद ७ असारसम्म थप

चौतर्फी आलोचनापछि कर बुझाउने म्याद ७ असारसम्म थप

२१ जेठ, काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी ७ असारसम्म बढाएको छ।

आन्तरिक राजस्व विभागले यसअघि मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले पुन: बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय कर तिर्ने म्याद १४ दिन बढाएको हो।

नयाँ सूचनाअनुसार मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ। यसैगरी, अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ।

Loading
TOP