नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

२१ जेठ, काठमाडौं । नेपालमा हालसम्म २३०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

बुधबार २ सय १ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये २ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । मृतकको संख्या ९ पुगेको छ । बुधबार १२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको हो।

प्रदेश १ मा ४८, प्रदेश २ मा १ सय ९, बागमतिमा ३१, गण्डकीमा ३, प्रदेश ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मुलुकभर हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा संक्रमित भेटिएसँगै संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको छ।

Loading
TOP