भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

२२ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ९ हजार ३०४ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ ।

भारतमा अहिलेसम्म २ लाख १६ हजार ९१९ जना संक्रमित भएका छन् ।

त्यस्तै २४ घण्टामा भारतमा २६० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ६ हजार ७५ पुगेको छ ।

भारतमा अहिलेसम्म एक लाख ४ हजार १०६ जना ठिक भएका छन् भने एक लाख ६ हजार ७३७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ६५ लाख ६८ हजार ७३९ पुगेको छ भने मृतकको संख्या ३ लाख ८७ हजार ९५९ पुगेको छ ।

त्यस्तै विश्वभर ३१ लाख ६९ हजार ३०० जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP