संशोधनको नाममा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत – भीम रावल

संशोधनको नाममा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत – भीम रावल

२२ जेठ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता भीम रावलले देशको अखण्डताको रक्षार्थ नयाँ नक्शा राखेर निशान छापमा संशोधनको कुरा गर्दा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत भएको बताएका छन् ।

संबिधान संशोधनका लागि सरकारको नक्शा अध्यावधिक गर्ने बाहेक थप तीन विधेयक संसद सचिवालयमा दर्ता भएको प्रसंगमा नेता रावलले सो टिप्पणी गरेका हुन् ।

उनले जातीय आधारमा देश विभाजित गर्ने,विदेशीले सहजै नागरिकता पाउने जस्ता नेपाललाई कमजोर पार्ने विषय कतिपयले संविधानसभा र आम निर्वाचनमा उठाउदा अस्वीकृत भएको बताएका छन् ।

सामाजिक संजालमा उनले भनेका छन् (ुजातीय आधारमा देश विभाजित गर्ने,विदेशीले सहजै नागरिकता पाउने जस्ता नेपाललाई कमजोर पार्ने विषय कतिपयले संविधानसभा र आम निर्वाचनमा उठाउदा अस्वीकृत भए । देशको अखण्डताको रक्षार्थ नयाँ नक्शा राखेर निशान छापमा संशोधनको कुरा गर्दा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत छ ।ु

Loading
TOP